साफ फुटसल च्याम्पियनसिपको ड्र सार्वजनिक, नेपालले पहिलो खेलमा श्रीलंकासँग प्रतिस्पर्धा गर्ने

Thankot Times

थानकोट ।

थाइल्यान्डमा जनवरी १४ देखि हुने साफ फुटसल च्याम्पियनसिपमा नेपालले पहिलो खेलमा श्रीलंकासँग प्रतिस्पर्धा गर्ने भएको छ ।

बुधबार (मंसिर ३) साफले प्रतियोगिताको खेल तालिका सार्वजनिक गरेसँगै नेपालले श्रीलंकासँगको भेट पक्का गरेको हो ।

खेल थाइल्यान्डको बैंककस्थित नोन्थबुरी रंगशालामा आगामी जनावरी १६ मा १२:४५ बजे हुनेछ ।

नेपालले त्यसपछि, जनवरी १८ मा भारत, जनवरी २० मा पाकिस्तान, जनवरी २२ मा माल्दिभ्स, जनवरी २४ मा बंगलादेश र पुनः बंगलादेशसँग खेल्नेछ ।

प्रतियोगितामा दक्षिण एसियाली फुटबल महासंघ (साफ)को आयोजनामा आगामी जनवरी १४ देखि २६ सम्म हुनेछ । प्रतियोगिताका सम्पूर्ण खेल थाइल्यान्डको बैंककस्थित नोन्थबुरी रंगशालामा हुनेछ ।

प्रतियोगितामा दक्षिण एसियाका सातवटै देशको सहभागिता छ । प्रतियोगिताको शीर्ष टिमले उपाधि उचाल्नेछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *