शहिद स्मारक सी डिभिजन छनोट आजबाट, थानकोटको वीआर ब्रदर्शले आज प्रतिस्पर्धा गर्दै

Thankot Times

थानकोट ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले आज (मंसिर ४ गते)बाट शहिद स्मारक सी डिभिजन छनोट प्रतियोगिता सुरु गर्दैछ । 

प्रतियोगितामा ३९ टोलीले सहभागिता जनाउने भएका छन् । 

प्रतियोगितामा सहभागिता जनाउने टोलीहरूलाई विभिन्न १३ समुहमा विभाजन गरिएको छ ।

हरेक समुहमा ३ टोली रहनेछन् । प्रतियोगिताका सबै खेल एन्फा कम्पलेक्सको खेलमैदानमा हुनेछन् ।

फाइनल खेल मंसिर २८ गते हुनेछ । 

प्रतियोगितामा थानकोटको वीआर ब्रदर्श (हामी दाजु भाई) समुह बी मा परेको छ ।

थानकोटको वीआर ब्रदर्शले सी डिभिजन छनोट लिग खेल्ने, वडा कार्यालयले दियो आर्थिक सहयोग

यो समुहमा हुम्ला फुटबल एशोसियसन र लिखु भूजी फुटबल क्लबपनि छन् ।

पहिलो खेलमा वीआर ब्रदर्शले आज लिखु भूजी फुटबल क्लबसँग खेल्नेछ, यो खेल मध्यान्ह १२ बजे सुरु हुनेछ । 

वीआर ब्रदर्शले दोश्रो खेल मंसिर १० गते हुम्ला फुटबल एशोसियसनसँग खेल्नेछ । 

समुह चरणमा शीर्ष स्थानमा रहने टोली अघिल्लो चरणमा पुग्नेछन् ।

फाइल फोटो


Leave a Reply

Your email address will not be published. Required fields are marked *