सुनको मूल्य बढ्यो

Thankot Times

थानकोट ।

नेपाली बजारमा बिहीबार (मंसिर ४) सुनको मूल्य ७०० रुपैयाँले बढेर कारोबार भइरहेको छ ।

आज सुन प्रतितोला २ लाख ४३ हजारमा रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार सुन प्रतितोला २ लाख ४२ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदी प्रतितोला ३५ रुपैयाँले बढेको छ । आज एक तोला चाँदीको मूल्य प्रतितोला ३ हजार १ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदी प्रतितोला ३ हजार १ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *