नेपाल प्रिमियर लिग: लुम्बिनी लायन्सको सुखद सुरुवात
थानकोट ।
नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणमा लुम्बिनी लायन्सले विजयी सुरुआत गर्ने क्रममा चितवन राइनोजविरुद्ध ६ विकेटको जित निकालेको छ ।
बिहीबार त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा चितवनले प्रस्तुत गरेको १४२ रनको मध्यम लक्ष्य लुम्बिनीले १८.३ ओभरमा चार विकेट गुमाएर पूरा गर्यो ।
लुम्बिनीको जितमा गुलबद्दिन नैबले अविजित ४४ रन बनाए । उनले २४ बलमा तीन चौका र तीन छक्का प्रहार गरे । यस्तै, कप्तान रोहितकुमार पौडेलले ४४ बलमा एक चौकासहित ३९ रन थपे । ८१–३ को स्थितिबाट यी दुईले चौथो विकेटका निम्ति ६० रनको साझेदारी गर्दै लुम्बिनीलाई जितसम्म पुर्याएका हुन् । १७.३ ओभरमा रोहित पभेलियन फर्किंदा लुम्बिनीलाई जितका निम्ति दुई रनमात्र आवश्यक थियो ।
यसबाहेक, ओपनर सन्दीप जोरा र डी‘एर्सी शर्टले क्रमशः २८ र ११ रन जोडे ।
दीलिप नाश १० रन बनाएर रनआउट भए ।
चितवनका रिजन ढकालले दुई विकेट लिए ।
सोहेल तान्विरले एक विकेट हात पारे ।














