फागुन २१ को चुनावमा सेना परिचालन गर्न सिफारिस
थानकोट ।
राष्ट्रिय सुरक्षा परिषद्ले निर्वाचनका लागि सेना परिचालन गर्ने निर्णय गर्दै त्यसका लागि मन्त्रिपरिषद्समक्ष सिफारिस गर्ने निर्णय गरेको छ । सुरक्षा परिषद्को बिहीबार सिंहदरबारमा बसेको बैठकले फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनको लागि सेना परिचालनको सिफारिस गरेको हो ।
परिषद्को सिंहदबारस्थित कार्यालयमा बसेको ४१ औँ बैठकले यस्तो निर्णय गरेको जानकारी परिषद्का सदस्य सचिव तथा रक्षा सचिव सुमन अर्यालले दिए ।
स्वतन्त्र, निष्पक्ष र भयरहित निर्वाचनको लागि सिफारिस गरिएको जानकारी उनले दिए ।
प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा बसेको बैठकमा अर्थमन्त्री रामेश्वर खनाल, गृहमन्त्री ओमप्रकाश अर्याल, मुख्यसचिव एकनारायण अर्याल, प्रधानसेनापति अशोकराज सिग्देल सहभागी थिए ।
बैठकमा बाराको सिमरामा भएको पछिल्लो तनाव, शान्ति सुरक्षासहितका विषयमा पनि छलफल भएको छ ।












