महिला कबड्डी विश्वकपः नेपालको तेस्रो जित

Thankot Times

थानकोट ।

नेपालले बङ्गलादेशमा जारी महिला कबड्डी विश्वकपमा तेस्रो जित निकालेको छ । 

ढाकामा बिहीबार भएको समूह ‘बी’ अन्तर्गतको खेलमा नेपालले केन्यालाई २८–२१ ले हरायो ।

यस जितसँगै नेपालले चार खेलबाट ६ अङ्क बनाएको छ ।

नेपालले समूहको पहिलो खेलमा जन्जिबरलाई ५८–१६ ले हराएको थियो ।

नेपालले दोस्रो खेलमा पोल्यान्डलाई ६३–२५ ले हराएको थियो ।

नेपालले तेस्रो खेलमा भने चाइनिज ताइपेईसँग ३१–१५ ले पराजित भएको थियो ।

नेपालले समूह चरणको अन्तिम खेल शनिबार इरानसँग खेल्नेछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *