चन्द्रागिरिबाट सुरु भयो चलचित्र ‘बब डाइ’को छायांकन

Thankot Times

थानकोट ।

चलचित्र ‘बब डाइ’को छायांकन सुरु भएको छ ।

रोटेपिङ्ग इन्टरटेन्मेन्टको प्रस्तुति र श्रीराम बालाजी फिल्मस्को सहकार्यमा निर्माण हुने यो चलचित्रको चन्द्रागिरिबाट छायांकन सुरु भएको हो । ‘बब डाइ’को ४५ दिनको छायांकन तालिका तोकिएको छ । यो अवधिमा काठमाडौँको कीर्तिपुर, चन्द्रागिरि आसपासमै छायांकन हुने निर्माण टिमले जनाएको छ ।

चलचित्रलाई प्रविन श्रेष्ठले निर्देशन गरिरहेका छन् । यसअघि ‘मोक्ष’ चलचित्र निर्देशन गरेका प्रबिनले १२ वर्षपछि निर्देशनमा कमब्याक गर्दैछन् । निर्देशक श्रेष्ठका अनुसार ‘बब डाइ’मा कीर्तिपुरकै कथा छ । चलचित्रको नामबारे निर्देशक श्रेष्ठ भन्छन्, ‘खासमा बब डाइ भनेको बब दाइ हो । नेवारी ट्युनमा दाइलाई डाइ भनिने भएकाले नाममा त्यसरी राखेका हौं ।’ उनका अनुसार ‘बब डाइ’को भूमिकामा सौगात मल्ल देखिनेछन् ।

चलचित्रमा सौगात मल्लसँगै, सिम्रन पन्त, सन्तोष पन्त, विशाल पहाडी, प्रमोद अग्रहरी, कामेश्वर चौरासिया, कुशल पोखरेल, यमन श्रेष्ठ, कृष्ण भक्त महर्जन, गीता अधिकारी, भिन्तुना जोशी, नितेश तन्दुकार, मनोज महर्जन र बाल कलाकार अग्रिम पण्डितको अभिनय रहनेछ ।
फिल्मका राजेश घिमिरे, रोशन भट्टराई र सुनिल मानन्धर निर्माता हुन् भने रविन्द्र प्रजापती कार्यकारी निर्माता हुन् ।
चलचित्रको प्रदर्शन मिति तोकिएको छैन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *