ललितपुरमा जिपको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु

Thankot Times

थानकोट ।

ललितपुरको बालकुमारीस्थित सडकमा जिपको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ ।

ललितपुर महानगरपालिका-९ बालकुमारीस्थित सडकमा बागमती प्रदेश ०१-००३ क ५९३१ नम्बरको जिपको ठक्करबाट पैदलयात्री ललितपुर इमाडोल बस्ने कास्की घर भएकी ४५ वर्षीया नन्दु खवासको शुक्रबार बिहान मृत्यु भएको छ ।

जिपको ठक्करबाट गम्भीर घाइते भएकी उनको बीएन्डबी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

जिप चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *