नेपाल प्रिमियर लिग- सुदूरपश्चिमको लगातार दोस्रो जित

Thankot Times

थानकोट ।

नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणमा लगातार दोस्रो जित निकाल्ने क्रममा पोखरा एभेन्जर्सविरुद्ध सुदूरपश्चिम रोयल्स १८ रनले विजयी भएको छ । 

शुक्रबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शुक्रबार साँझ सम्पन्न खेलमा सुदूरपश्चिमले प्रस्तुत गरेको १९४ रनको लक्ष्य पछ्याउने क्रममा पोखराले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १७५ रनमात्र बनाउन सक्यो ।

प्रतियोगितामा शनिबार दुई खेल हुँदैछन् ।

दिनको पहिलो खेलमा कर्णाली याक्सले लुम्बिनी लायन्ससँग र दोस्रो खेलमा विराटनगर किंग्सले काठमाण्डू गोर्खाजसँग खेल्ने तालिका छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *