जान्नुहोस आज शनिबार दिनभरको माैसम पूर्वानुमान

Thankot Times

थानकोट ।

 देशका केही स्थानमा आज वर्षा र हिमपातको सम्भावना छ ।

पश्चिमी वायुको आंशिक प्रभाव रहँदा वर्षा र हिमपातको सम्भावना रहेको हो । 

जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोसी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशको पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली रहनेछ । बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ । 

कोसी र गण्डकी प्रदेशका हिमाली भू-भागका एक/दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।

विभागले राति कोसी र गण्डकी प्रदेशको पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली रहने बताएको छ ।

बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *