नेकपा एमालेले आज काठमाडौंमा शक्ति प्रदर्शन गर्दै

Thankot Times

थानकोट ।

नेकपा एमालेले आज काठमाडौँमा जनप्रदर्शन गर्ने भएको छ ।

एमाले बागमती प्रदेश कमिटीको आयोजनामा प्रदर्शनीमार्गमा ‘शान्तिपूर्ण जनप्रदर्शन तथा जनसभा’ आयोजना गरिएको हो । 

यो जनसभालाई एमालेले शक्ति प्रदर्शनको रुपमा अर्थ्याउँदै आएको छ ।

संसद विघटन र सुशीला कार्की नेतृत्वको सरकार असंवैधानिक तवरले बनेको भन्दै त्यसको विरोध स्वरूप जनसभा गर्न लागिएको नेताहरुले बताएका छन् । 

एमालेका नेता महेश बस्नेतले आजको जनसभामा ६० हजार मान्छे उतार्ने दाबी गरेका छन्।

यसअघि सो पार्टीले नेसनल भोलेन्टियर फोर्स घोषणा गरेको थियो । 


Leave a Reply

Your email address will not be published. Required fields are marked *