थानकोट चेकपोष्टमा शुक्रबारबाट सुरु भएको स्थानीय हाट बजार आजपनि जारी रहने

Thankot Times

थानकोट ।

स्थानीय उत्पादन प्रवर्द्धनका लागि हिजो (मंसिर ५ गते) बाट चन्द्रागिरि नगरपालिका-०६ थानकोट चेकपोष्टस्थित वडा कार्यालय प्राङ्गणमा सुरु भएको हाट बजार आज शनिबारपनि जारी रहने भएको छ ।

चन्द्रागिरि नगरपालिका तथा चन्द्रागिरि नगरपालिका वडा नं ६ महादेवस्थानको संयुक्त व्यवस्थापनमा बजार सञ्चालन भइरहेको हो।

बजार बिहान ८ बजेबाट सुरु भइ बेलुका ६ बजेसम्म जारी रहने बताइएको छ ।

स्थानीय उत्पादनको प्रदर्शनी तथा बिक्रीवितरणका लागि चन्द्रागिरि नगरपालिकाले वडागत रुपमा नियमित रुपमा प्रवर्द्धनात्मक कार्यक्रम आयोजना गर्दै आएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *