नेपाल प्रिमियर लिगः विराटनगर किङ्सको दोश्रो जित, काठमान्डु गोर्खाज ५ विकेटले पराजित
थानकोट ।
विराटनगर किङ्सले दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) टी–ट्वान्टी क्रिकेटमा लगातार दोस्रो जित निकालेको छ ।
शनिबार भएको खेलमा विराटनगरले काठमान्डु गोर्खाजलाई ५ विकेटले हराएको हो ।
त्रिवि क्रिकेट मैदानमा काठमान्डुले दिएको १३५ रनको लक्ष्य पछ्याएको विराटनगरले १७ ओभर १ बलमा ५ विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो ।
विराटनगरका लागि जर्ज मुन्सेले सर्वाधिक ३६ रन बनाउँदा नरेन भट्टले २४ रनको योगदान गरे ।
त्यस्तै मार्टिन गप्टिलले २५ रन बनाउँदा बसिर अहमदले १९ र लोकेश बमले १४ रनको योगदान गरे ।














