दृष्टिविहिन महिला टी-२० विश्वकपको उपाधिका लागि आज नेपाल र भारतबीच खेल हुँदै

Thankot Times

थानकोट ।

नेपाल दृष्टिविहिनका लागि महिला टी-२० विश्वकप क्रिकेटको फाइनलमा प्रवेश गरेका छ।

शनिबार भएको सेमिफाइनलमा खेलमा पाकिस्तानलाई सात विकेटले हराउँदै नेपालले फाइनलमा स्थान बनाएको हो।

पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर एक सय ६९ रन बनाएको थियो। पाकिस्तानका लागि बिथ्री की ओपनर मेहेरेन अलीले ५५ रनको अर्धशतकीय योगदान गरिन्।

बिथ्री कै बुर्सा असरफले पनि ४८ रन बनाएर उनलाई साथ दिएकी थिइन्।

नेपालले अतिरिक्त २८ रन प्रदान गरेको थियो। नेपालका लागि लक्ष्मी लामा र प्रतिभा राईले एक-एक विकेट लिएका थिए। जवाफमा नेपालले १७ ओभरमा नै एक सय ७१ रन बनाएर लक्ष्य पुरा गर्दा तीन विकेट गुमाएको थियो।

नेपालका लागि कप्तान विनिता पुनले २३ बलमै ४६ रन प्रहार गरेर उत्कष्ट प्रदर्शन गरेकी थिइन्।

उनलाई मनकेशी चौधरीले १७ रन बनाएर साथ दिइन्। ओपनर जोडीले ४७ रनको साझेदारी गरे। सुस्माले अविजित ३६ रन बनाएर खेल समाप्त गरिन्। अन्तिममा सरिता घिमिरेले पनि १९ रन बनाएकी थिइन्।

अब नेपालले उपाधिका लागि घरेलु टिम भारतको सामना गर्नेछ।

भारत सेमीफाइनलमा अष्ट्रेलियाको चुनाैती पन्छाउँदै प्रतियोगिताको उपाधि नजिक पुगेको हो।

फाइनल खेल श्रीलंकाको कोलम्बोमा आज (आइतबार) बिहान १०ः१५ बजेबाट सुरु हुनेछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *