प्रधानन्यायाधीश राउत भारतमा
थानकोट ।
प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत भारत प्रस्थान गरेका छन् ।
भारतका प्रधानन्यायाधीश भूषण रामकृष्ण गवईको निमन्त्रणमा प्रधानन्यायाधीश राउत शनिबार बिहान नयाँ दिल्ली गएका हुन् ।
उनी भारतको सर्वोच्च अदालतको अवलोकन भ्रमणका लागि गएको सर्वोच्च अदालतका प्रवक्ता सह-रजिस्ट्रार अर्जुनप्रसाद कोइरालाले जानकारी दिए ।
प्रधानन्यायाधीश राउत नेतृत्वको भ्रमण दलमा सर्वोच्चका मुख्य रजिस्ट्रार विमल पौडेल र शाखा अधिकृत ऋतिका शर्मा सहभागी छन् ।












