सुनको मूल्य बढ्यो

Thankot Times

थानकोट ।

कारोबार हुने साताको पहिलो दिन आज आइतबार नेपाली बजारमा सुनको मूल्य बढेको छ ।

यसदिन सुनको मूल्य तोलामा दुई हजार ९ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज छापावाल सुनको मूल्य तोलाको दुई लाख ४४ हजार ६ सय रुपैयाँ कायम छ ।

कारोबार भएको पछिल्लो दिन अस्ति शुक्रबार छापावाल सुन प्रतितोला दुई लाख ४१ हजार ७ सय रुपैयाँमा किनबेच भएको थियो ।

चाँदीको मूल्य पनि तोलामा ३५ रुपैयाँले बढेको छ ।

चाँदी प्रतितोला तीन हजार १ सय ३५ रुपैयाँमा खरिद-बिक्री भइरहेको महासंघले जनाएको छ ।

गत शुक्रबार चाँदी प्रतितोला तीन हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *