उज्यालो नेपाल पार्टीको प्रवक्तामा डा.राजु थापा
थानकोट ।
उज्यालो नेपाल पार्टीको प्रवक्ताको जिम्मेवारी डा.राजु थापालाई दिइएको छ ।
शनिबार काठमाडौँमा बसेको केन्द्रीय समितिको बैठकले थापालाई प्रवक्ताको जिम्मेवारी दिएको केन्द्रीय सदस्य जितराम लामाले जानकारी दिए ।
उनका अनुसार उज्यालो नेपाल पार्टीले हालै निर्वाचन आयोगबाट आधिकारिता पाइसकेको छ ।
आधिकारिता पाएसँगै बसेको केन्द्रीय समिति बैठकले कानुन व्यवसायी समेत रहेका थापालाई प्रवक्ताको जिम्मेवारी दिएको हो ।
पार्टीका प्रवक्ता डा. थापाले आगामी निर्वाचनको तयारीका लागि वैकल्पिक शक्तिहरूलाई एकीकृत बनाएर लैजाने विषयमा छलफल सुरु गरिएको बताए । उनले पार्टीले वैकल्पिक शक्तिहरू मिलाएर लैजाने विषयमा अहिले आवश्यक गृहकार्य गरिरहेको समेत जानकारी दिए ।
५१ सदस्यीय केन्द्रीय समिति रहेको उज्यालो नेपाल पार्टीको अध्यक्षमा पूर्व उर्जासचिव अनुपकुमार उपाध्याय रहेका छन् ।
पार्टीको चुनाव चिह्न भने बलेको चिम रहेको छ ।












