चन्द्रागिरि साकोस र किसान नेटबीच सहमति पत्रमा हस्ताक्षर

Thankot Times

थानकोट ।

चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्था र किसान नेटबीच सहमति पत्रमा हस्ताक्षर भएको छ ।

चन्द्रागिरि साकोसका सदस्यहरुलाई गुणस्तरीय र सुलभ ईन्टरनेट सेवा प्रवाह, सामुदायिक स्वामित्व प्रवर्द्धन र किसानहरुलाई आवश्यक विभिन्न सेवा क्षेत्रहरुमा सहज, सुलभ र सरल पहुँच दिने उद्देश्यले उक्त सहमति पत्रमा हस्ताक्षर भएको हो ।

ग्राहकपनि आफैं र मालिकपनि आफैं भन्ने मुल उद्देश्यले किसानहरुलाई सहुलियत दरमा गुणस्तरीय ईन्टरनेट सेवाको साथमा प्रत्येक प्रयोगकर्ताले कम्पनीको इक्विटीमा समेत हिस्सा पाउने गरी उक्त सम्झौता भएको संस्थाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

यसको साथै किसान केन्द्रित हुने गरी ई-शिक्षा, किसान स्वास्थ्य, किसान मार्ट, किसान मौसम, किसान बैंकिङ, किसान ईन्भेन्टोरी, किसान ईम्प्याक्ट लगायतका थप क्षेत्रहरुमा समेत चन्द्रागिरि साकोसका सदस्यहरुले सुविधा पाउने जनाईएको छ ।

आइतबार चन्द्रागिरि साकोसको मुख्य कार्यालय थानकोट चेकपोष्टमा संस्थाका प्रमुख कार्यकारी अधिकृत कृष्णकुमार श्रेष्ठ र किसान नेटका कार्यकारी निर्देशक केशव स्थापितले हस्ताक्षर गरेका हुन् ।

सो क्रममा चन्द्रागिरि साकोसका विभिन्न समितिका प्रतिनिधि, उच्च व्यवस्थापनका प्रतिनिधिहरू लगायतको उपस्थिति रहेको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *