हामी सक्छाैं अभियानको आयोजनामा काठमाडाैं शिक्षा क्याम्पसमा भोलि रक्तदान शिविर हुने

Thankot Times

थानकोट ।

सतुङ्गलस्थित हामी सक्छाैं अभियानको आयोजनामा यही मंगलबार (मंसिर ९ गते) रक्तदान शिविर सञ्चालन हुने भएको छ । 

चन्द्रागिरि नगरपालिका-१० सतुङ्गलस्थित काठमाडाैं शिक्षा क्याम्पस हातामा उक्त रक्तदान शिविर हुन लागेको बताइएको छ । 

शिविर बिहान ८ बजेबाट सुरु हुने हामी सक्छाैं अभियानकी अध्यक्ष शारदा श्रेष्ठले जानकारी दिइन् ।

चन्द्रागिरि नगरपालिका वडा नं. १० को कार्यालय सतुङ्गलसँगको सहकार्यमा सो शिविर हुन लागेको हो।

त्रिवि ब्लड बैंकले सो कार्यक्रममा प्राविधिक सहयोग उपलब्ध गराउनेछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *