गरिमा बैंकको वार्षिकोत्सवका अवसरमा मातातिर्थ वृद्धाश्रमलाई सहयोग हस्तान्तण

Thankot Times

थानकोट ।

प्रत्येक वर्ष वार्षिकोत्सवका अवसरमा बृहत रक्तदान कार्यक्रमसहित विविध संस्थागत सामाजिक उत्तरदायित्वमूलक कार्यक्रम गर्दै आइरहेको गरिमा विकास बैंक लिमिटेडले आफ्नो उन्नाइसौँ वार्षिकोत्सवको अवसरमा आइतबार विविध कार्यक्रम गरेको छ।

बैंकले आइतबार देशका विभिन्न ८ स्थानमा बृहत रक्तदान कार्यक्रम सम्पन्न गरेको छ।

यस्तै, १९ स्थानमा संस्थागत सामाजिक उत्तरदायित्वमूलक कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको  बैंकले जनाएको छ।

विकास बैंकले सुनसरीको इटहरी, पर्साको वीरगञ्ज, चितवनको नारायणगढ, काठमाडौँको बालुवाटार, कास्कीको पोखरा, म्याग्दीको बेनी, रुपन्देहीको बुटवल र बाँकेको कोहलपुरमा आयोजना गरेको बृहत रक्तदान कार्यक्रमबाट कुल ६०२ युनिट रगत संकलन भएको छ।

बैंकले १९औँ वार्षिकोत्सवको अवसरमा आइतबार नै देशका विभिन्न १६ स्थानका विद्यालयहरूमा शैक्षिक सामाग्री, विद्यालय पोशाक, पानी फिल्टर मेसिनलगायतका सामग्री वितरण, श्री निस्कोट स्वास्थ्य चौकी, म्याग्दीलाई सरसफाई सामाग्री हस्तान्तरण, मातातीर्थ वृद्धाश्रम समितिलाई खाद्यान्न सामाग्री हस्तान्तरण गरेको छ ।

यस्तै, सत्य साई राष्ट्रिय परिषद् नेपाल, चितवनलाई वाटर डिस्पेन्सर हस्तान्तरण गरी १९ वटा संस्थागत सामाजिक उत्तरदायित्वमूलक कार्यक्रमहरू सम्पन्न गरेको जनाइएको छ।

त्यसैगरी “स्वस्थ जीवनशैलीका लागि खेलकुद” भन्ने नाराका साथ विकास बैंकले मंसिर ६ गते गरिमा रोड रेश  अन्तर्गतको दोश्रो संस्करण गरिमा रोड रेश, २०८२ समेत सफलतापूर्वक सम्पन्न गरेको छ । जसमा एक हजारभन्दा बढी धावकहरूको सहभागिता रहेको थियो।

बैंकले यस कीसिमका सामाजिक उत्तरदायित्वमूलक कार्यक्रमहरूलाई आगामी दिनमा समेत प्राथमिकतामा राखी निरन्तरता दिने तथा राेड रेस प्रतियोगिता प्रत्येक वर्ष आयोजना गर्ने लक्ष्य राखेको छ।

उक्त यात्रामा निरन्तर साथ दिन सेवाग्राही, शेयरधनी महानुभाव, नियमनकारी निकाय, सञ्चरकर्मी, कर्मचारी तथा शुभेच्छुकप्रति बैंकले कृतज्ञता प्रकट गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *