प्रतिनिधि सभा निर्वाचनका लागि ५६ दल दर्ता, दल दर्ताको समयसीमा सकिन अब ३ दिन बाँकी
थानकोट ।
२०८२ फागुन २१ गते हुने गरि तय भएको प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि आइतबार साँझ साढे ५ बजेसम्म ५६ वटा दल दर्ता भएका छन् ।
निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार प्रतिनिधि सभाका लागि ५६ र राष्ट्रियसभा निर्वाचनका लागि १३ वटा दल दर्ता भएका हुन् ।
प्रतिनिधि सभाको फागुन २१ र राष्ट्रिय सभाको निर्वाचन माघ ११ गतेलाई तोकिएको छ ।
आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि दल अद्यावधिक गर्ने समय मङ्सिर ७ गतेसम्मलाई तोकेको छ भने प्रतिनिधिसभाका लागि मङ्सिर १० गतेसम्म तोकेको छ ।












