सशस्त्र प्रहरी बल नेपालको प्रवक्तामा डीआईजी थापा

Thankot Times

थानकोट ।

सशस्त्र प्रहरी बल नेपालले सूचना अधिकारी तथा प्रवक्ताको जिम्मेवारी सशस्त्र प्रहरी नायव महानिरीक्षक (डीआईजी) मनीष थापालाई तोकेको छ ।

यसअघि सूचना अधिकारी तथा प्रवक्ता रहेका सशस्त्र प्रहरी नायव महानिरीक्षक कालीदास धौवजी ३० वर्षे सेवा अवधिका कारण अनिवार्य अवकाशमा गएका छन् ।

धौवजी अवकाशमा गएपछि सशस्त्र प्रहरी नायव महानिरीक्षक थापालाई आइतबारबाट सो जिम्मेवारी दिइएको सशस्त्र प्रहरी बल प्रधान कार्यालयले जानकारी दिएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *