दुर्गा प्रसाईं थुनामुक्त
थानकोट ।
मेडिकल व्यवसायी दुर्गा प्रसाईं थुनामुक्त भएका छन् । प्रसाईं आइतबार साँझ थुनामुक्त भएका हुन् ।
सर्वोच्चका न्यायाधीशद्वय नहकुल सुवेदी र श्रीकान्त पौडेलको इजलासले आइतबार नै थुनामुक्त गर्न आदेश दिएको थियो । आदेशसँगै उनी छुटेका हुन् ।
प्रसाईंका छोरा निराजनले सर्वोच्चमा बन्दी प्रत्यक्षीकरण रिट दायर गरेका थिए ।












