एएफसी यू-१७ एसियन कप छनोट : आज नेपालले म्यानमारसँग प्रतिस्पर्धा गर्दै
थानकोट ।
एएफसी यू-१७ एसियन कप छनोटअन्तर्गत नेपालले आज म्यानमारसँग प्रतिस्पर्धा गर्दै छ ।
खेलमा नेपाल पहिलो जितको खोजीमा हुनेछ ।
नेपालले यसअघि सम्पन्न पहिलो खेलमा सिरियासँग ४–२ को हार व्यहोरेको थियो ।
म्यानमार भने लगातार दोस्रो जितको खोजीमा हुनेछ ।
म्यानमारले यसअघि सम्पन्न पहिलो खेलमा अफगानिस्तानलाई ३–१ ले पराजित गरेको थियो ।
प्रतियोगिताको समूह ‘जी’अन्तर्गत हुन लागेको यो खेल म्यानमारको थुवून्ना रंगशालामा नेपाली समयअनुसार साँझ ६ः१५ बजे हुनेछ ।














