सुमनराज अर्याल मुख्यसचिवमा नियुक्त
थानकोट ।
सुमनराज अर्याल मुख्यसचिवमा नियुक्त भएका छन् ।
सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले यही बुधबार (मंसिर १०) देखि लागू हुने गरी अर्याललाई २९औँ मुख्यसचिवमा नियुक्त गर्ने निर्णय गरेको हो ।
अर्याल यसअघि रक्षा सचिव रहेका थिए ।
हालका मुख्यसचिव एकनारायण अर्यालको भोलि (मंसिर ९ गते) मध्यरातिदेखि कार्यकाल सकिने भएपछि सरकारले सो पदमा नयाँ नियुक्ति गरेको हो।












