दृष्टिविहीन महिला टी-२० विश्वकपमा उपविजेता बनेको नेपाली टोली स्वदेश फिर्ता

Thankot Times

थानकोट ।

पहिलो संस्करणको दृष्टिविहीन महिला टी–२० विश्वकपमा उपविजेता बनेको नेपाली टोली स्वदेश फर्किएको छ ।

नेपाली टोलीलाई नेपाल क्रिकेट सङ्घ (क्यान) का पदाधिकारीले सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरे ।

श्रीलङ्काको राजधानी कोलम्बोमा हिजो भएको फाइनलमा नेपाल भारतसँग ७ विकेटले पराजित भएको थियो । नेपालले दिएकाे १ सय १५ रनकाे लक्ष्य भारतले १२ ओभर १ बलमा ३ विकेट गुमाएर भेटाउँदै उपाधि जितेकाे थियाे ।

दृष्टिविहीन महिला टी–२० विश्वकपमा नेपालका दुई खेलाडी फरक–फरक विधामा ‘प्लेअर अफ द सिरिज’ भए ।

‘बी वान’ क्याटगोरीबाट सुष्मा तामाङ र ‘बी टु’ बाट मनकेशरी चौधरी ‘प्लेअर अफ द सिरिज’ भए ।

प्रतियोगितामा नेपाल, भारत, श्रीलङ्का, पाकिस्तान, अस्ट्रेलिया र अमेरिका गरी ६ वटा टोली सहभागी थिए ।

प्रतियोगिता भारत र श्रीलङ्काले संयुक्त रुपमा आयोजना गरेका हुन् ।

तस्बिरः नेपाल फोटो लाइब्रेरी


Leave a Reply

Your email address will not be published. Required fields are marked *