धुनिवेशीका प्रमुख प्रशासकीय अधिकृत फेरिए, कृष्णप्रसाद जैसीको स्थानमा सरोजकुमार खनाल
थानकोट ।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले १९ जना उपसचिवको सरुवा गरेको छ।
जसअनुसार धादिङको धुनिवेशी नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा विनोद कुमार खनालले जिम्मेवारी पाएका छन् ।
उनी यसअघि नेपाल ट्रष्टको कार्यालयमा कार्यरत थिए ।
धुनिवेशीमा हालका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद जैसीको जिम्मेवारीमा रहेका कृष्णप्रसाद जैसी मन्त्रालयको अतिरिक्त समुहमा सरुवा गरिएका छन् ।












