एएफसी यू-१७ एसियन कप छनोटमा नेपालको लगातार दोस्रो हार, म्यान्मार ४-० ले विजयी

Thankot Times

थानकोट ।

म्यानमारमा जारी एएफसी यू-१७ एसियन कप छनोटमा नेपालले लगातार दोस्रो हार बेहोरेको छ ।

नेपालले सोमबार सोमबार भएको छनोटअन्तर्गत म्यानमारविरुद्धको खेलमा ४−० को हार बेहोरेको हो ।

नेपालले यसअघि पहिलो खेलमा सिरियासँग ४−२ को हार बेहोरेको थियो ।

हारसँगै समूह ‘जी’ मा रहेको नेपाल समूहको पुछारमा झरेको छ ।

नेपालले अब समूह चरणका दुई खेल खेल्न बाँकी छ । समूहमा नेपालसँगै घरेलु टोली म्यानमार, सिरिया, ओमान र अफगानिस्तान छन् ।

समूहको शीर्ष टोलीले आगामी वर्ष साउदी अरेबियामा हुने एएफसी यू–१७ कपमा स्थान बनाउनेछ ।

नेपालले भोलि बुधबार ओमानसँग र शुक्रबार अफगानिस्तानसँग खेल्नेछ ।

तस्बिरः एन्फा


Leave a Reply

Your email address will not be published. Required fields are marked *