काठमाण्डाैंको तापक्रम घट्ने क्रम जारी
थानकोट ।
काठमाण्डौ उपत्यकासहित देशभर चिसो बढेको छ ।
काठमाण्डौमा आज मंगलबार बिहानको न्यूनतम तापक्रम ७.४ डिग्री सेल्सियस मापन गरिएको छ ।
हिजो सोमबारको न्यूनतम तापक्रम ९ डिग्री सेल्सियस थियो ।
काठमाण्डौ उपत्यकासहित देशभर अहिले कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नभएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार दिउँसो कोशी प्रदेशको पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहनेछ ।
बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।












