सुनचाँदीको मूल्य बढ्यो

Thankot Times

थानकोट ।

नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य बढेको छ ।

यस दिन छापावाल सुन प्रतितोला ५ हजार २ सय रुपैयाँ बढेको हो ।

सोमबार प्रतितोला २ लाख ४२ हजार ७ सय रहेको प्रतितोला छापावाल सुन ५२ सय रुपैयाँ बढेर २ लाख ४७ हजार ९ सय पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै चाँदीको मूल्य तोलामा ८५ रुपैयाँ बढेको छ ।

अघिल्लो दिन प्रतितोला ३ हजार १ सय १५ रहेको चाँदीको मूल्य ८५ रुपैयाँ बढेर ३२ सय रुपैयाँ पुगेको महासंघले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *