ईश्वर पोखरेलले गरे अध्यक्षमा उम्मेदवारी घोषणा
थानकोट ।
नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन्।
आसन्न ११औं महाधिवेशनका लागि उनले मंगलबार लामो वक्तव्य जारी गर्दै अध्यक्षमा उम्मेदवारी घोषणा गरेका हुन्।
पहिले वरिष्ठ उपाध्यक्ष पोखरेलले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीकै उपस्थितिमा उम्मेदवारी घोषणा गर्ने तयारी थियो।
तर यो प्रक्रिया केही दिनलाई थाती राखेर उनी एक्लैले विज्ञप्तिमार्फत आफ्नो उम्मेदवारी घोषणा गरेका हुन्।












