फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचन प्रयोजनका लागि राप्रपाले गर्‍यो दल दर्ता

Thankot Times

थानकोट ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रतिनिधि सभा निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा दल दर्ता गरेको छ।

प्रवक्ता मोहन श्रेष्ठका अनुसार राप्रपाले आज आयोगमा दल दर्ता गरेको हो।

‘यथास्थितिमा हुने निर्वाचनले मुलुकको निकास सम्भव छैन भन्नेमा प्रष्ट छौं। तथापि एउटा जिम्मेवार र प्रजातान्त्रिक दल हुनुको नाताले प्रजातान्त्रिक प्रक्रियाबाट अलग हुनु वाञ्छनीय नहुने भएकाले निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा हाम्रो दल राप्रपा दर्ता भएको छ,’ प्रवक्ता श्रेष्ठले भने।

फागुन २१ गतेका लागि प्रतिनिधि सभा निर्वाचन मिति तोकिएको छ। त्यसका लागि निर्वाचन आयोगमा मंसिर १० गतेभित्र पार्टी दर्ता निवेदन दिइसक्नुपर्छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *