टी-२० विश्वकप २०२६ को खेल तालिका सार्वजनिक, नेपाल समुह सी मा

Thankot Times

थानकोट ।

आगामी वर्ष भारत र श्रीलंकाले संयुक्त रूपमा आयोजना गर्न लागेको टी–२० विश्वकपको खेल तालिका सार्वजनिक भएको छ ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले मंगलबार तालिका सार्वजनिक गरेको हो ।

तालिकाअनुसार, नेपालले पहिलो खेल इंग्ल्यान्डसँग खेल्ने भएको छ । खेल फेब्रुअरी ८ मा हुनेछ ।

नेपालले दोस्रो खेल इटालीसँग फेब्रुअरी १२ मा, तेस्रो वेस्ट इन्डिजसँग फेब्रुअरी १५ मा र चौथो खेल बंगलादेशसँग फेब्रुअरी १७ मा खेल्नेछ ।

नेपालले तेस्रोपटक विश्वकप खेल्न लागेको हो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *