काठमाडौं क्षेत्र नं.१० बाट एमालेको महाधिवेशनका प्रतिनिधि चयन सुरु, आज उम्मेदवारी मनोनयन

Thankot Times

थानकोट ।

नेकपा एमालेको आसन्न महाधिवेशनका लागि काठमाडौं क्षेत्र नं.१० बाट प्रतिनिधित्व गर्ने प्रतिनिधिहरुको चयन प्रकृया सुरु भएको छ।

सो पार्टीका काठमाडौं जिल्ला अध्यक्ष दिपक निराैलाका अनुसार आज बुधबार कीर्तिपुर पांगास्थित सेतो गुराँस कार्यालयमा बिहान ११ बजेबाट अपरान्ह ४ बजेसम्म आकांक्षीहरुले उम्मेदवारी दर्ता गर्न सकिनेछ ।

सो पार्टीका काठमाडौं क्षेत्र नं. १० का सबै १७६१ जना सांगठनिक सदस्य उक्त मनोनयनमा लागि योग्य छन् ।

बुधबार दर्ता भएका उम्मेदवारहरु मध्ये पाँच जनाले केन्द्रीय महाधिवेशनमा प्रतिनिधित्वको अवसर पाउनेछन् ।

नेपाल कम्युनिष्ट पार्टी नेकपा (एमाले) को एघाऔं महाधिवेशन यहि मिति मंसिर २७, २८ र २९ गते काठमाडौंमा हुने तालिका छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *