सुनचाँदीको मूल्य बढ्यो
थानकोट ।
नेपाली बजारमा बुधबार सुनको मूल्य तोलामा ९ सय रुपैयाँ बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन प्रतितोला दुई लाख ४८ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
मंगलबार सुन प्रतितोला दुई लाख ४७ हजार ९ सय रुपैयाँ थियो ।
चाँदीको मूल्य तोलामा २० रुपैयाँ बढेको छ ।
महासंघका अनुसार बुधबार चाँदीको मूल्य तीन हजार २ सय २० रुपैयाँ कायम भएको छ ।












