पिपलामोडनजिकै यात्रु बसले स्कुटरलाई ठक्कर दिँदा धादिङकी स्कुटरचालकको मृत्यु
थानकोट ।
धादिङको धुनिवेशी नगरपालिका-९ स्थित सडकमा बा.प्र.०१-००६ ख २२९७ नम्बरको बसले बा.प्र.०२-०४५ प ४४३१ नम्बरको स्कुटरलाई बुधबार दिउँसो ठक्कर दिएको छ ।
उक्त दुर्घटनामा परी स्कुटरमा सवार थाक्रे गाउँपालिका-८ बस्ने ४१ वर्षीया निता गजुरेलको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएकी उनको राष्ट्रिय ट्रमा सेन्टर काठमाडौंमा उपचारको क्रममा मृत्यु भएको हो ।
प्रहरीले बस चालकलाई नियन्त्रणमा लिई दुर्घटनामा सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।













