एमाले महाधिवेशन प्रतिनिधिका लागि काठमाडाैं १० बाट चन्द्रागिरिका १० सहित २२ जनाको दाबी
थानकोट ।
नेकपा एमालेको ११औँ महाधिवेशनका लागि काठमाडाैं क्षेत्र नं. १० बाट प्रतिनिधित्व गर्ने ५ जना महाधिवेशन प्रतिनिधिका लागि २२ जनाले आवेदन दिएका छन् ।
नेकपा एमाले काठमाडाैं क्षेत्र नं. १० निर्वाचन परिचालन कमिटीले निर्धारण गरेको निर्वाचन कार्यक्रम अनुसार बुधबारका लागि तय भएको प्रतिनिधि उम्मेदवारहरूको नाम दर्तामा चन्द्रागिरि नगरपालिकाबाट १० जनासहित २२ जनाले नाम दर्ता गराएका हुन् ।
जसअनुसार चन्द्रागिरि नगरपालिका क्षेत्रबाट हरिभक्त महर्जन, प्रेम बहादुर शाही, लक्ष्मी थापा सुवेदी, बुद्धलक्ष्मी महर्जन, सन्तोष खड्का, तेजिला थापा, राजु श्रेष्ठ, विन्दु श्रेष्ठ, बसन्ती श्रेष्ठ र राजन श्रेष्ठले नाम दर्ता गराएका छन् ।
काठमाडाैं क्षेत्र नं. १० मा चन्द्रागिरि नगरका १५ मध्ये १० वटा वडा, कीर्तिपुर नगर र दक्षिणकाली नगरका सबै क्षेत्र पर्दछन् ।
बुधबार मनोनयन गराएका उम्मेदवारहरूको नाममाथि बिहीबार (मंसिर ११) दाबी विरोध गर्न सकिने निर्वाचन कमिटीले जनाएको छ ।
यस क्षेत्रको प्रतिनिधि चयनका लागि मंसिर १३ गते निर्वाचन कार्यक्रमको तालिका तय गरिएको छ।
नेपाल कम्युनिष्ट पार्टी नेकपा (एमाले) को ११ औं महाधिवेशन यहि मंसिर २७, २८ र २९ गते काठमाडौंमा हुने तालिका छ।
नेकपा एमालेको ११औँ महाधिवेशनका लागि काठमाडाैं क्षेत्र नं. १० बाट प्रतिनिधित्वका लागि उम्मेदवारी दर्ता गराउनेहरूको सूची हेराैंः

काठमाडौं क्षेत्र नं.१० बाट एमालेको महाधिवेशनका प्रतिनिधि चयन सुरु, आज उम्मेदवारी मनोनयन












