कार्यसम्पादन चित्तबुझ्दो नभएपछि कीर्तिपुर नगर समिति भंग गर्ने रास्वपाको निर्णय

Thankot Times

थानकोट ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को कीर्तिपुर नगर कमिटी भंग भएको छ ।

सो पार्टीको सचिवालय बैठकले कीर्तिपुर नगर कमिटि विघटन गर्ने निर्णय गरेको हो ।

कार्यसम्पादन मूल्यांकन प्रतिवदेनका आधार पार्टी विधानको धारा ७० बमोजिम कीर्तिपुर नगर समिति विघटन गर्ने निर्णय भएको रास्वपा प्रवक्ता मनिष झाले जानकारी दिए ।

कार्यसम्पादन चित्तबुझ्दो नभएपछि कीर्तिपुर नगर कमिटी भंग टुंगोमा रास्वपा पुगेको हो ।

कीर्तिपुरमा २०८० भदाै २ गते जयराम कार्कीको नेतृत्वमा रास्वपा कीर्तिपुर नगर समितिमा तदर्थ समिति गठन भएको थियो ।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *