फागुन २१ मा हुने प्रतिनिधि सभा सदस्य चुनावको लागि दल दर्ताको अवधि चार दिन थपियो

Thankot Times

थानकोट ।

निर्वाचन आयोगले २१ फागुनमा हुने प्रतिनिधि सभाको लागि दल दर्ताको समय थपेको छ ।

आयोगका अनुसार मंसिर १० (बुधबार)सम्म दिइएको समयलाई चार दिन थप गरिएको हो ।

अब १४ मंसिरसम्ममा प्रतिनिधि सभाको चुनावमा भाग लिन दल दर्ता गर्न पाइनेछ ।

आयोगका अनुसार बुधबार अपराह्नसम्म ९० वटा दलले प्रतिनिधिसभाको चुनावमा भाग लिन दल दर्ता गराएका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *