कस्तो रहला आज बिहीबार दिनभरको माैसम ? यस्तो छ विभागको पूर्वानुमान
थानकोट ।
देशका केही स्थानमा आज आंशिक बदली हुनेछ ।
केही स्थानमा आंशिक बदली भए पनि मौसम मुख्यतया सफा रहनेछ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोसी, मधेस र वाग्मती प्रदेशमा आंशिक बदली रहनेछ । बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ ।
राति कोसी प्रदेशको पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली रहनेछ । बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने विभागले बताएको छ ।
हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको विभागको भनाइ छ ।












