विश्व कराते च्याम्पियनसीपः सतुङ्गलकी सानुमायाले आज मध्यान्ह चुनाैती पेश गर्ने तालिका

Thankot Times

थानकोट ।

इजिप्टको कायरोमा आज बिहीबारबाट विश्व कराते च्याम्पियनसिप सुरु हुँदैछ ।

प्रतियोगितामा नेपालका एरिका गुरुङ र सानुमाया थिङले प्रतिस्पर्धा गर्दैछन् ।

थिङले पहिलो स्पर्धा (खेल नं. २१७) मा नेपाली समय अनुसार मध्यान्ह पाैन १ बजे कोलम्बियाकी खेलाडी सामु चुनाैती पेश गर्नेछिन् ।

दोश्रो स्पर्धा (खेल नं. २२०) मा उनले दिउँसो १३ः०९ बजे इजिप्टकी प्रतिद्वन्दीको सामना गर्दा दिउँसो १३ः४१ बजे (खेल नं. २२२४) फ्रान्सकी प्रतिस्पर्धीको चुनाैती सामना गर्ने तालिका रहेको छ ।

थिङ ग्लोबल छनोट पार गर्दै प्रतियोगिताका लागि चयन भएकी एक्ली खेलाडी हुन्, उनले महिला एकल काता विधामा प्रतिस्पर्धा गर्नेछिन् ।

गुरुङले ६८ केजीमाथिको स्पर्धामा चुनाैती पेश गर्नेछिन् । उनले तीनवटै खेल भोलि शुक्रबार राति खेल्ने तालिका छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *