नेपाल प्रिमियर लिग: आज लुम्बिनी र सुदूरपश्चिम तथा पोखरा र जनकपुरबीच खेल हुने

Thankot Times

थानकोट ।

काठमाडाैंको कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत आज बिहीबार लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स तथा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबिच प्रतिस्पर्धा हुँदैछ ।

पहिलो खेल बिहान ११ः४५ र दोस्रो खेल अपराह्न ४ बजे हुनेछ ।

तीन खेलमा एउटा मात्र जितेको लुम्बिनी अङ्क तालिकाको छैटौँ स्थानमा छ ।

सुदूरपश्चिम लगातार चौथो जितका साथ अङ्क तालिकामा शीर्ष स्थानमा  छ ।

जनकपुर र पोखरा जित आफ्नो पोल्टामा पार्ने दाउमा छन् । यसअघि जनकपुर र पोखरा दुवै खेलमा पराजित भएका थिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *