नैकापचोकमा आकाशे पुल बनाउन टेण्डर स्वीकृत, स्थानीयसँग छलफल गर्दै वडा कार्यालय

Thankot Times

थानकोट ।

कुल लागत भ्याट बाहेक २ करोड ९० लाख रुपैयाँ अनुमान गरिएको नैकापमा आकाशे पुल निर्माणले गति लिने भएको छ ।

सवारी साधन तथा पैदल यात्रीहरूको अत्यधिक घुँइचो हुने चन्द्रागिरिका विभिन्न चोकहरू मध्येको प्रमुख चोक नैकापमा आकाशे पुल बनाउने सन्दर्भमा चन्द्रागिरि नगरपालिकाले आह्वान गरेको टेण्डर स्वीकृत भएको बताइएको छ।

चन्द्रागिरि नगरपालिका वडा नं. १४ नयाँ नैकाप र वडा नं. १५ तीनथाना जोड्ने सो ट्रस (फलामे) आकाशे पुल निर्माणका लागि चन्द्रागिरि नगरबाट बजेट विनियोजन भइ सडक विभाग अन्तर्गतको सडक बोर्डसँग आवश्यक समन्वय गरि टेण्डर प्रकिया अघि बढाइएकोमा अब सो संरचना निर्माण सुरु हुन लागेको हो।

त्रिभुवन राजपथ अन्तर्गत चन्द्रागिरि नगर क्षेत्रका नैकाप, चेकपोष्ट, थानकोट, गुर्जुधारा, सतुङ्गल, नागढुङ्गा लगायतका चोकमा सवारी चाप अत्यधिक रहँदा पैदलयात्रीहरूले असुरक्षित रूपमा सडक वारपार गर्नुपर्ने बाध्यता छ ।

सडक विभागसँगको समन्वयमा चन्द्रागिरि नगरका केही चोकमा ट्राफिक बत्ती राख्ने सन्दर्भमा पनि आवश्यक अध्ययन भइरहेको चन्द्रागिरि नगरपालिकाले जनाएको छ ।

यसैबीच चन्द्रागिरि नगरपालिका वडा नंं. १४ नयाँ नैकापले नैकाप चोकमा निर्माण हुने क्रममा रहेको आकाशे पुलका सन्दर्भमा छलफल गर्न भन्दै भेला डाकेको छ । यही शनिबार (मंसिर १३) का लागि वडाध्यक्ष राजभाइ महर्जनले पुलका बारेमा छलफल गर्न भन्दै वडा भेला डाकेका हुन् ।

यस्तो छ नैकापचाेकमा बन्ने आकाशे पुलको डिजाइनः 

नैकाप चोकमा निर्माण हुने ट्रस ब्रीजको डिजाइन सार्वजनिक, लागत करिब ३ करोड रुपैयाँ


Leave a Reply

Your email address will not be published. Required fields are marked *