सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो

Thankot Times

थानकोट ।

आज बिहीबार नेपाली बजारमा बहुमूल्य धातु सुनको मूल्य तोलामा ४ सय रुपैयाँ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ प्रति तोला ४ सय रुपैयाँले घटेर प्रतितोला २ लाख ४८ हजार ४ सय  रुपैयाँ कायम भएको छ ।

हिजो बुधबार यो सुनको भाउ प्रतितोला २ लाख ४८ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य भने तोलामा ६० रुपैयाँ बढेको छ ।

हिजो बुधबार प्रति तोला ३ हजार २ सय २० रुपैयाँ रहेको चाँदीको मूल्य बिहीबार ३ हजार २ सय ८० रुपैयाँ कायम भएको हो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *