काठमाडाैंमा कारले ठक्कर दिँदा ३४ वर्षीय स्कुटरचालक सन्तोषको ज्यान गयो
थानकोट ।
काठमाडौँको कान्तिपथमा कारको ठक्करबाट स्कुटर चालकको मृत्यु भएकाे छ ।
काठमाडौँ महानगरपालिका-२७ कान्तिपथस्थित सडकमा बी ए बी ५७२४ नम्बरको कारले बा ८२ प २०८८ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक ओखलढुङ्गाको लिखु गाउँपालिका-९ घर भएका ३४ वर्षीय सन्तोष खड्काको मृत्यु भएकाे हाे ।
गएराति भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएका खड्काको केएमसी अस्पतालमा उपचारका क्रममा आज बिहान मृत्यु भएकाे हाे ।
कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेकाे जनाएकाे छ।












