आज शुक्रबारका लागि तय भएको नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक फेरि सर्यो
थानकोट ।
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक फेरि सारेको छ।
आज शुक्रबार दिउँसो २ बजेका लागि बोलाइएको बैठक आइतबारसम्मका लागि स्थगित गरिएको हो।
बिहीबार पटकपटक भएका छलफल सहमतिमा पुग्न नसकेपछि बैठक आइतबारसम्मका लागि सारिएको हो।
बिहीबार दिनभरिजसो भएका छलफल र बैठकहरू कुनै निष्कर्षमा पुग्न नसकेपछि बैठक आइतबारका लागि सारिएको हो।
बिहीबार कांग्रेस सभापति शेरबहादुर देउवाले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासँग छलफल गरेका थिए भने कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पनि महामन्त्रीद्वय थापा र शर्मासँग छलफल गरेका थिए।
महामन्त्रीद्वय थापा र शर्मा फागुन २१ अघि नै महाधिवेशन हुनुपर्ने अडानमा छन् भने कांग्रेस संस्थापन पक्ष भने चुनावपछि मात्र महाधिवेशन गर्नुपर्ने अडान राखिरहेका छन्।












