नागढुङ्गा सुरुङ मार्गसहित देशका २२ सडकबाट पुनः सडक उपभोग दस्तुर उठाउने तयारी

Thankot Times

थानकोट।

नागढुङ्गा सुरुङ मार्गसहित देशका २२ सडकबाट पुनः सडक उपभोग दस्तुर उठाउन सरकारले तयारी गरेको छ । 

सडक बोर्डले पाँच वर्षपछि पुनः सडक उपभोग दस्तुर (टोल ट्याक्स) उठाउन थालेको हो ।

हाल भैरहवा–भुमही सडक खण्डमा मंसिर १ गतेदेखि टोल ट्याक्स उठाउन सुरु गरिएको छ । उक्त खण्डमा ठुला सवारीलाई ३० रुपैयाँ र साना (चार पाङ्ग्रे) लाई २० रुपैयाँ (पुरानै दर) कायम गरिएको छ ।

अब लगत्तै नारायणगढ–हेटौंडा, मुग्लिन–नारायणगढ, मुग्लिन–पोखरा र वीरगञ्ज–पथलैया सडक खण्डमा टोल गेट स्थापना गर्ने तयारी भइरहेको हो ।

कोभिड–१९ का कारण रोकिएको टोलट्याक्स देशभर २२ सडक र नागढुङ्गा सुरुङमार्गबाट  टोल ट्याक्स उठाउने तयारी हुँदैछ । कोभिडअघि १५ वटा सडकबाट मात्र यस्तो कर उठाइने गरिन्थ्यो । 

 सडक उपभोग दस्तुर उठाउन देशका विभिन्न स्थानमा स्वचालित गेट (विद्युतीय टोल गेट) प्रयोग गर्ने तयारी भएको छ ।

सडक दस्तुरमार्फत संकलित रकम सडकको नियमित, पटके, आवधिक तथा आकस्मिक मर्मत सम्भार गर्न प्रयोग गरिने जनाइएको छ । 

बोर्डका अनुसार अनुसार जुन सडकबाट टोल उठाइन्छ, त्यसको दुई तिहाइ रकम सोही सडकको मर्मत सम्भारमा खर्च गरिनेछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *