ब्राइट फ्यूचर स्कुल स्थापना भएको ३८ वर्ष पूरा, स्वस्थ र अनुशासित शैक्षिक वातावरणको प्रतिबद्दता

Thankot Times

थानकोट । 

काठमाडाैं जिल्लाको पश्चिम क्षेत्रकै पुरानो मध्येको एक संस्थागत विद्यालय, ब्राइट फ्यूचर मावि स्थापना भएको ३८ वर्ष पूरा भएको छ ।

नैकाप क्षेत्रमा २०४४ सालमा स्थापना भएको सो विद्यालयले आज शुक्रबार एक औपचारिक समारोहका बीच स्थापनाको ३९औं दिवस मनाएको हो । अध्यात्म चिन्तक सनातन धर्मका ज्ञाता नैतिक मूल्य मान्यताका प्रवर्धक डाक्टर चिन्तामणिनाथ योगीको प्रमुख उपस्थितिमा विद्यालयको स्थापना दिवस मनाइएको हो ।

उक्त अवसरमा सो विद्यालयको प्रारम्भिक समयमा महत्वूर्ण सहयोग गर्नेहरू मध्येका चन्द्रागिरि नगरपालिका वडा नम्बर १४ का कपिलमान श्रेष्ठ र यमबहादुर हमाल एवं चन्द्रागिरि वडा नम्बर १५ का शम्भुराज थापा र विष्णु भगत कार्कीलाई विशेष सम्मान गरिएको विद्यालयले जनाएको छ ।

कार्यक्रममा बोल्दै विद्यालयका अध्यक्ष मोहन कुमार कार्कीले समयानुकल शैक्षिक वातावरण निर्माणमा समुदाय, अभिभावक, विद्यार्थी एवं शुभचिन्तकहरूले पुर्याएको सहयोगको खुलेर प्रशंसा गरे । 

यस्तै, विद्यालयका प्रधानाध्यापक दयाराम थापाले ब्राइट फ्यूचर माविबाट शिक्षा हासिल गरेका विद्यार्थीहरूले देश विदेशका विभिन्न क्षेत्रमा स्थापित भएको भन्दै विद्यालयप्रति आम अभिभावकहरूले दर्शाएको सदासयताप्रति कृतज्ञ भएको धारणा राखे ।

चन्द्रागिरि नगरका सामाजिक विकास समिति संयोजक एवं वडाध्यक्ष घनश्याम लुँइटेल, प्रा. डा. रामकृष्ण दुलाल लगायतको उपस्थिति रहेको कार्यक्रमम विद्यालयको खेल सप्ताहमा विभिन्न खेलमा विजेता विद्यार्थीहरूलाई पुरस्कृत गरिएको विद्यालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

सो विद्यालयमा पूर्व प्राथमिक तहदेखी कक्षा १२ सम्म करिब २ हजार जना विद्यार्थीले अध्ययन गर्दै आएका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *