एसीसी यू-१९ प्रिमियर कप : हङकङलाई हराउँदै नेपाल सेमिफाइनलमा

Thankot Times

थानकोट।

नेपालको १९ वर्षमुनिको क्रिकेट टोली एसीसी प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा पुगेको छ ।

यूएईको अजमानमा बिहीबार भएको खेलमा नेपालले हङकङलाई १ सय १९ रनले हरायो ।

नेपालले दिएको २ सय ७१ रनको लक्ष्य पछ्याएको हङकङले ४० ओभर ५ बलमा १ सय ५१ रन बनाउँदा सबै विकेट गुमायो । हङकङका कप्तान शिभ माथुरले सबैभन्दा धेरै ३० रन बनाए । नेपालका अपराजित पौडेलले ४, कप्तान अशोक धामीले ३ विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङ गरेको नेपालले ५० ओभरमा ७ विकेट गुमाएर २ सय ७० रन बनायो । नेपालका कप्तान अशोक धामीले ७३, दर्श सोनरले नटआउट ४५ रन बनाए । हङकङका ड्यानियल माप र अभिमन्यु गणेशनले २/२ विकेट लिए ।

नेपालले समूह चरणको पहिलो खेलमा साउदी अरबलाई ८ विकेटले हराएको थियो । अब नेपालले सेमिफाइनलमा भोलि शनिबार मलेसियासँग खेल्नेछ । यस्तै अर्काे सेमिफाइनलमा यूएई र ओमनले पनि शनिबार नै खेल्नेछन् ।

१९ वर्षमुनिको एशियन प्रिमियर कपको फाइनल यही मङ्सिर १५ गते हुनेछ ।

शीर्ष तीन टोली १९ वर्षमुनिको एशिया कपमा छनोट हुनेछन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *