नेपाल वायुसेवा निगमको महाप्रबन्धक बन्न १६ जनाको आवेदन

Thankot Times

थानकोट ।

नेपाल वायुसेवा निगम (नेवानि) महाप्रबन्धक पदमा नियुक्तिका लागि १६ जनाको आवेदन परेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार बिहीबार (मंसिर ११) सम्मको समय राखेर आवेदन माग गरिएकोमा कार्यालय समयभित्र १६ जनाको आवेदन परेको मन्त्रालयका प्रवक्ता जयनारायण आचार्यले जानकारी दिए ।

सरकारले १५ दिनको समय राखेर २७ कात्तिकमा दरखास्त आह्वान गरेको थियो ।

सरकारले खुला प्रतिस्पर्धाबाट महाप्रबन्धक नियुक्त गर्दैछ ।

अब छनोट प्रक्रिया नेवानि महाप्रबन्धक छनोट सम्बन्धी कार्यविधि २०८२ बमोजिम सुरु हुने मन्त्रालयले जनाएको छ ।

नेवानि महाप्रबन्धक पद अहिले रिक्त छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *